Logo

निजी विद्याललाई निषेध गर्नु संविधानसम्मत हुँदैनः शिक्षा मन्त्री राई



काठमाडौं, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई निधेष गर्नु संविधानसम्मत नहुने बताएका छन् ।

आज (आईतबार) शिक्षा विधेयकका सन्दर्भमा सदनमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा उनले विधेयकले निजी विद्यालयलाई बढवा दिएको नभएर संविधान बमोजिम निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गर्ने काम गरेको बताएका हुन् ।

‘निजी विद्यालयहरुलाई बढवा दिन नहुने भन्ने धारणा पनि आएको छ । त्यसलाई संविधान विपरीत पनि भनिएको छ । यो पनि संविधान विपरीत नरहेको कुरा निवेदन गर्न चाहन्छु । संविधानको धारा ५१ को खण्ड च मा भएको व्यवस्थाले निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवा बढाउने तर्फ जानपर्ने कुरा निर्देशित गरेको छ ।’ मन्त्री राईले भने, ‘…. यसलाई पूर्णतः निधेष गर्ने कुरा संविधान सम्मत नहुने कुरा म निवेदन गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot