Logo

गैरेले सुरु गरे ‘विशाल नेपाल राष्ट्रको विकासका लागि युवा अभियान’



काठमाडौं, २३ असोज । आगामी निर्वाचनलाई जनतामुखी र परीणाममुखी बनाउने लक्ष्यसहित प्रविन गैरेले ‘विशाल नेपाल राष्ट्रको विकासका लागि युवा अभियान’ को घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको व्यवस्था र नेतृत्वका कारण देश गम्भीर मोडमा आएको बताए । २०४६ सालपछिका शासकहरुले देशका युवाहरुलाई ‘युज एण्ड थ्रो’ का रूपमा प्रयोग गरेको उनको आरोप छ ।

देशका विकार र समृद्धिका लागि युवाहरु एक ठाउँमा आउनपर्ने आवश्यकत्ता महशुस गरेर यो अभियान सुरू गरिएको उनले बताए । ‘यो देशले नेपाल, नेपाली जनता र विशेष गरेर युवाहरुलाई असह्य पीडाहरु दियो । तसर्थ यो कार्यक्रम अगाडि बढाउन आवश्यकता परेको हो ।’ उनले भने, ‘यहाँका केही नेताहरुलाई यो अभियान राजनीतिक विषय वस्तु लाग्नसक्छ । यो कदापि हुनेछैन । यो एउटा सामाजिक अभियान हो ।

देश विदेशमा रहेका नेपाली युवाहरुलाई यस अभियानमा जोडिएर आगामी निर्वाचनमा आमूल परिर्वतन ल्याउनका लागि योगदान गर्नसमेत उनले आह्वान गरे । यस अभियानमा जोडिएका युवाहरुले सरकार र विभिन्न निकायसँग सहकार्य गरेर विशेषगरि युवाहरु र देश विकासको पक्षमा रचनात्मक भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

‘यो मेरोमात्र अभियान होईन, सम्पूर्ण नेपालीहरुको अभियान हो । हामी सरकार र विभिन्न निकायसँग साथ, सहयोगको प्रयत्न गर्छौ,’– गैरेले भने । सरकारले जनताको आवाजलाई बेवास्ता गरिरहेको भन्दै अब युवाहरुले त्यसलाई सुधारको प्रयत्न गर्ने उनको भनाई छ । नेताहरु नसुध्रिएको खण्डमा यो अभिायनमा रहेका युवाहरुले अर्को निर्वाचनमा भोट बाहिस्कार गर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot