Logo

वनमन्त्री महतोद्धारा चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी



काठमाडौं, २७ असोज । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । मन्त्री महतोले निकुञ्जभित्र जंगल सफारी गरी वन्यजन्तु संरक्षणको अवस्था, संकटाग्रस्त घडियाल प्रजनन केन्द्र उद्धार गरी ल्याईएका बाघका अवस्थाको प्रत्यक्ष अवलोकन गरेका छन् ।

मन्त्री महतोले निकुञ्जको कार्यालयको वर्तमान व्यवस्थापन, चुनौती र अवसरबारे प्रमुख वार्डेन, नेपाली सेनाका कर्नेल र मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्षसँग ब्रिफिङ लिएका थिए । निकुञ्जभित्र वासस्थान संरक्षण र व्यवस्थापन, प्रजाति संरक्षण, चोरीशिकार नियन्त्रण, मध्यवर्ती क्षेत्र व्यवस्थापन र पर्यटन व्यवस्थापनजस्ता मुख्य कार्यक्रमहरु लागु रहेको अधिकारीहरुले जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot