Logo

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो चालु आर्थिक वर्षको पहिलो दुई महिनाको रिपोर्ट (पूर्णपाठसहित)



काठमाडौं,३० असोज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक सुचांकको रिपोर्ट सार्वजनिक गरेको छ । मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टमा आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । भने आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको बैंकले जनाएको छ । भने नेपाल सरकारको खर्च १३१ अर्ब १४ करोड र राजस्व परिचालन १४१ अर्ब ८ करोड रहेको पनि रिपोर्टमा उल्लेख छ ।

त्यस्तै विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.१ प्रतिशतले घटेको छ । र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ चालु आर्थिक वर्षको पहिलो दुई महिनाको विस्तृत आर्थिक सुचांकहरु



प्रतिक्रिया दिनुहोस्

Screenshot