Logo

सरकार परिवर्तन हुन्छ भनेर प्रधानमन्त्रीलाई तर्साइरहनुको औचित्य छैन : कांग्रेस नेता



काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले रवि लामिछानेको चुनौतीको जवाफ जनतालाई डेलिभरीमार्फत दिनुपर्ने औंल्याएका छन् ।

‘पुराना दलहरूमाथि प्रश्न उठेका छन् । उनीहरूमाथि रवि लामिछानेहरूले चुनौती दिएका छन् । तर नयाँ दलको पनि टेस्ट भइसकेको छैन । अब हामीले छलफल, बहस र डेलिभरी दिएर मात्र त्यसको सामना गर्न सक्छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

भण्डारीले पुराना दलहरूले देश र जनतालाई निकास दिन सक्नुपर्ने पनि बताए । उनले भने, ‘निकास भनेको सरकार परिवर्तन होइन । दलको काम सधैंभरि सरकार बदलिरहने मात्र हो र ? ए बाट बी, बी बाट ए बदल्दैमा केही हुँदो रहेनछ भन्ने देखिसकियो ।’

साथै, उनले खालि सरकार परिवर्तन हुन्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तर्साउनुको औंचित्य नभएको बताए । भण्डारीले भने, ६–७ महिनापछि सरकारको नेतृत्व स्वतः हस्तान्तरण हुने भएपछि अहिले नचाहिने नखरा किन गर्नुपर्‍यो? प्रधानमन्त्रीलाई तर्साइरहने कि काम गर्न दिने ?’



प्रतिक्रिया दिनुहोस्