Logo

अध्यक्ष नेपाल र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता



काठमाडौँ, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले आज शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष नेपालले राजदूत म्युलेको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्