Logo

कस्तो रहला आज देशभरको मौसम?



काठमाडौं, कार्तिक १३ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उक्त प्रभावका कारण देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot