भूकम्पले घर भत्किएका यू-१९ टिमका खेलाडी अनुज चनारालाई राष्ट्रिय टोलीले सहयोग गर्ने


काठमाडौं,१९ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जाजरकोट भूकम्पमा परेर घर भत्किएका यू-१९ टिमका युवा क्रिकेटर अनुज चनारालाई आर्थिक सहयोग गर्ने भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अनुजलाई आर्थिक सहयोग गर्ने तयारी गरेको बताएका छन् ।

ओमानविरुद्धको फाइनल खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले चनारालाई सहयोग गर्न लागेको जानकारी गराए । ‘जाजरकोट भूकम्प पीडितलाई क्यानले त सहयोग गरि राखेको छ । हामी सबै यू १९ टिमका मेम्बरअनुज चनारा को घर भत्किएको छ । उहाँको लागि सबै खेलाडी मिलेर पैसा उठाएका छौं । आशा गरौं एक दुई दिनमा उहाँलाई पुग्छ’,। रोहितले भने

चनारा कर्णालीबाट घरेलु क्रिकेट खेल्द्रै नेपालको सिनियर टोलीको बन्द प्रशिक्षणमा परि सकेका खेलाडी हुन्। २०२१ मा नेपालको बन्द प्रशिक्षणमा परेका अनुजको घर जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ मा हो ।

Skip This

Omoda E5 Pro