Logo

भरतपुर महानगर र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित



काठमाडौं, २३ कार्तिक । चितवनको भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीमा हस्ताक्षर भएको हो । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले महानगर र सिगात्से शहरबीच स्थापित सम्बन्धबारे फेशबुकमार्फत जानकारी गराएकी छिन् ।

उनले लेखेकी छिन्-

पारस्परिक सम्मान, आपसी राजनितिक विश्वास,समानता र सहकार्यको सिद्धान्तलाई कायम राख्दै जनवादी गणतन्त्र चीनको तिब्बत स्थित सिगात्से शहर र भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापित गरेका छौ। साझा समृध्दि र बिकासलाई प्रवर्ध्दन गर्न आज बसेको मन्त्री परिषद् बैठकले भगिनी सम्बन्धलाई औपचारिक रुपमा अनुमोदन समेत गरेको छ।
स्थानः संघिय मामिला तथा सामान्य प्रशासन मंत्रालय सिंहदरबार काठमाण्डौं।



प्रतिक्रिया दिनुहोस्