फिफा विश्वकप छनोट- यूएईविरुद्ध खेल्ने नेपाली टिमको घोषणा


काठमाडौं,२४ कार्तिक । अखिल नेपाल फुटवल संघले फिफा विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको खेलमा यूएईविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरेको छ ।

नेपालले यहि बिहीबार यूएईसँग खेल्दैछ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्।

नेपालले बिहीबार युएईसँग खेल्नेछ। त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ।

त्यसपछि नेपालले मंसिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्ने छ । नेपालको समूहमा बहराइन पनि छ ।

नेपाली टिम

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दैछ। समूहमा नेपालसँगै युएई, बहराइन र यमन छन्। दोस्रो चरणको छनोट आगामी सातादेखि सुरू हुँदैछ।

यूएईविरुद्धको खेलमा अनन्त तामाङ भने परेका छैनन् । उनी छनोट खेल अघिको अभ्यास खेलमा घाइते भएपछि टिममा छुटेका हुन् ।

Skip This

Omoda E5 Pro