Logo

गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भएको भन्दै यसरी गर्जिए प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले केही मान्छेले लोकतन्त्र र गणतन्त्रमाथि तल्लो स्तरमा उत्रिएर प्रश्न उठाउने दुस्साहस गरेको टिप्पणी गरेका छन् । उनले भने,‘यति ठूलो र लामो संघर्ष र बलिदान, पूराना पार्टी र नेताहरुको विचार, दर्शन । पद्यरत्न तुलाधार र दमननाथ ढुंगानाजस्ता राष्ट्रिय व्यक्तित्वहरुको योगदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भैराखेको छ । अब हामीले युवा पुस्तालाई कसरी हामी यहाँ आईपुगेको हो त ? भनेर बुझाउनुपर्नेछ ।’

आज (शनिबार) काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणासमेत गरे । नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए । सो क्रममा उनले पद्यरत्न तुलाधारको योगदानको बारेमा चर्चा गरेका थिए ।

उनले भने,‘मेरो मानसपटलमा उहाँ मेरो अभिभावकको रुपमा हुनुहुन्थ्यो, उहाँले मलाई सहयोग गर्नुभयो, देशलाई पनि सहयोग गर्नुभयो । जतिबेला हामी समाजमा विद्यमान वर्गीय, जातीय, सांस्कृतिक उत्पीडन थियो, ती सबैलाई अन्त्य गर्ने र जनताको गणतन्त्र स्थापना गर्ने भनेर विद्रोहमा थियौं । त्यतिवेला थोरै मान्छेले यो राजनीतिक कुरा हो भनेर अग्रणी रुपमा पद्यरत्न तुलाधारले बोल्नुभयो । उहाँले उपायको बारेमा पनि दिशानिर्देश गर्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot