Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक



काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले विशेष बैठक बोलाएको तर बैठकको एजेन्डा केही थाहा नभएको खानेपानी तथा सरसरफाई मन्त्री महिन्द्र राय यादवले बताए ।

‘प्रधानमन्त्रीले विशेष बैठक बोलाउनुभएको छ । बैठकको एजेन्डा आएको छैन । देशमा भूकम्पको यति ठूलो क्षति भएको छ । सरकारले अस्थायी बसोबासका लागि टहरा बनाउन ५० हजार दिने निर्णय भएको छ । यस्तै समसामयिक विषयमा केही निर्णय होला,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।

भूकम्पपीडितलाई सकेसम्म छिटो राहत दिने सरकार लागिरहेको यादवले बताए । उनले थपे, ‘सरकार तत्काल उद्धार र उपचारमा लाग्यो । सबैलाई त्रिपाल उपलब्ध गरायो । सरकार राहतमा लागिपरेको छ । राहतमा सरकार सफल किन छैन ? तत्काल बसोबास र पठनपाठनको व्यवस्था गरी एक महिनाभित्र राहत वितरण सम्पन्न गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot