मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर


काठमाडौं, ३० कात्तिक । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् ।

२० वटा बाणिज्य बैंकमा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ भने अधिकांशले घटाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् । माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याज ९.९९ प्रतिशतबाट बढाएर १०.६० पुर्याएको छ ।

एनआइसी एशियाले मुद्दती निक्षेपमा २.०४ प्रतिशत व्याजदर घटाएको छ । त्यसैगरी, एनएमबी बैंकले १.२४ प्रतिशत, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ०.४ प्रतिशत, सानिमा बैंक र एभरेष्ट बैंकले ०.२२ प्रतिशत, नेविल बैंकले ०.९० प्रतिशत, कृषि विकास बैंकले ०.२५ प्रतिशत, नेपाल एसविआई बैंकले ०.१० प्रतिशत, सिटिजन्स बैंकले ०.०१ प्रतिशत, स्टयाडर्ड चार्टट बैंकले ०.२५ प्रतिशत, प्रभु बैंकले ०.२२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र राष्ट्रिय वाणिज्य बैंकले ०.५० प्रतिशत ब्याजदर घटाएका छन् ।

नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज् बैंक र सिद्धार्थ बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

Skip This