Logo

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट निवेदनमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं,१ मंसिर । सरकारले सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा रिट पेस गरेका हुन्।

हाल उक्त रिट अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने बताईएको छ । त्रिपाठीसँगै अन्य ५ जनालेसमेत सर्वोच्चमा मुद्दा पेश गरेका छन् ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।

सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भईरहको छ । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप सत्तारुढ दलकै जिम्मेवार नेताहरुले लगाउँदै आएका छन् । सरकारले भने उक्त निर्णयको बचाउ गर्दै आएको छ ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय ‘गैरसंवैधानिक, गैरकानुनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी हुनाका साथै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको सर्वथा विपरीत रहेको’ दाबी त्रिपाठीले रिट निवेदनमा गरेका छन् ।

यस्तो छ उनले सरकारको निर्णय बदर गर्न माग गर्दै दायर गरेको निवेदनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्

Screenshot