उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न (फोटोफिचर)


काठमाडौं, मंसिर ४ । आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्। काठमाडौंको कमलपोखरी, गुह्येश्वरी, गहनापोखरी लगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् ।
फोटो : मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल