Logo

फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिगको तयारी पूरा (तस्विरहरु)



काठमाडौं,६ मंसिर । शुक्रबारदेखि काठमाडौंमा हुने फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको जानकारी गराएका छन् ।

एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । टिकेटिङ पार्टनरका रुपमा आईएमई पे रहेको छ ।

९ टिम सहभागी यो प्रतियोगिताका खेलहरु दशरथ रंगशालामा हुने छन् । सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्ने छन् ।

तस्विरहरु : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot