Logo

गुल्सनले यू–१९ एसिया कप खेल्ने



काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।

क्यान स्रोतका अनुसार उनले यू-१९ एसिया कप खेल्ने पक्का भएको छ । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् । टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले पनि उनलाई यू-१९ मा पनि समेटिएको बताइएको छ ।

यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्नेछन् ।

पछिल्लो समय यू-१९ विश्वकप छनोटका बेला गुल्सन यू(१९ टिमको कप्तान तोकिएका थिए । तर त्यही बेला सिनियर टिममा बोलाए पछि उनले यू-१९ विश्वकप छनोट खेल्न पाएनन् ।

गुल्सन नेपाली सिनयिर टोलीका निक्कै भरपर्दा खेलाडीको रुपमा परिचित भइसकेका छन् । उनकै शानदार प्रदर्शनमा गत महिना काठमाडौंमा भएको टी-२० विश्वकपको छनोटमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकपमा स्थान पक्का गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot