प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरीः कर्मचारीको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोप


काठमाडौं,१० मंसिर । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप लागेको छ।

सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

उनीविरुद्ध परेको उजुरीमा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीजरल्याण्ड पठाएको उल्लेख छ।

परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका पौड्यालले त्यस्तो छात्रवृत्तिमा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएर पदीय दुरुपयोग गरेको उजुरीमा उल्लेख छ। त्यस्तै मासिक ६ लाख रूपैयाँ पाउने गरी छात्रवृत्तिमा पठाइएकी छोरीलाई दूतावासको सरकारी आवासगृहमा राखेर राज्यकोषमा भार पारेको दाबीसमेत उजुरीकर्ताले गरेका छन्।

उजुरीकर्ताले पदीय जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्तिलाई राजदूतमा अनुमोदन गर्न नहुने अडान लिएका छन् । उनले आफ्नो मागलाई बेवास्था गरेमा अदालतसमेत जानसक्ने चेतावनी दिएका छन् ।

संसदीय सुनुवाइ समितिको बैठक अहिले जारी छ । सम्भवत आजै उनको नाम समितिबाट अनुमोदन हुनेछ ।

Skip This

Omoda E5 Pro