राप्रपाको अध्यक्ष बनेर राजनीतिमा आउन पूर्व राजालाई एमाले सचिव भट्टराईको चुनौती


काठमाडौं,१० मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् ।

राजतन्त्र पुनर्वाहली गराउन चलखेल गर्दै विभिन्न कार्यक्रममा सहभागी भएकोप्रति लक्षित गर्दै सचिव भ्टटराईले शाहलाई राप्रपाको अध्यक्ष बनेर राजनीतिमा आउन चुनौती दिएका हुन् ।

आइतबार बिहान ताप्लेजुङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भट्राईले भने ‘राजनीतिक अधिकार चाहिएको हो भने जस्केलाबाट छिर्ने कोसिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउनुहोस् । राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो त्यो पार्टी (राप्रपा) को।’

धार्मिक सहिष्णुता बिथोल्न, अराजकता मच्चाउन तथा राजनीतिक अस्थितरता निम्त्याउने काम नगर्न एमाले भट्टराई सचिवले पूर्वराजा शाहलाई चेतावनी दिएका छन्।

ज्ञानेन्द्र शाहका गतिविधिप्रति सरकारले जवाफ दिनुपर्ने भट्टराईको भनाइ छ।

शनिबारमात्रै पूर्व राजा शाहलाई सहभागी गराएर राप्रपाले झापामा भव्य कार्यक्रमको आयोजना गरेको थियो । यता काठमाडौंमा पनि व्यवस्था परिवर्तनको नारा दिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईले आन्दोलन गरिरहेका छन् ।

Skip This

Omoda E5 Pro