Logo

ख्रिष्टियन महासंघको कार्यवहाक अध्यक्षको जिम्मेवारीमा चिमोरिया



काठमाडौं, ८ पुस । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको कार्यवहाक अध्यक्षको जिम्मेवारी उद्धवप्रसाद चिमोरियालाई दिइएको छ । चिमोरिया महासंघका वरिष्ठ सह– अध्यक्षसमेत हुन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिमोरियालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको जानकारी गराइएको हो ।
अध्यक्ष चरीबहादुर गहतराज फैजदारी अभियोगमा पकाउ परेपछि चिमोरियालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिई तीन महिनाभित्र अधिवेशन गर्ने निर्णय भएको बताइएको छ ।

साथै, महासंघले आफूहरु विशुद्ध धार्मिक संस्था भएको र कुनै राजनितिक दलको निकट नरहेको बताएको छ । संस्थाको मुख्य सिद्धान्त निस्वार्थ, विवादरहित र सबै खिष्टियन समुदायको हित र स्वाभिमानको लागि काम गर्नु रहेको महासंघले बताएको छ ।

कार्यवाहक अध्यक्ष चिमोरीयाले क्रिशमसको शुभकामना व्यक्त गरे । उनले महासंघलाई गति दिन आफू लागि पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्