Logo

क्यासिनोमा काम गर्ने एक महिला मृत फेला



कञ्चनपुर, पुस १२ । कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्। जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् ।

झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। कारण खुल्न नसकेको प्रहरीले बताएको छ। उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot