चण्डिकालाई त्रिवि शिक्षण अस्पताल पठाइयो


काठमाडौैं । रसुवा बाढीमा परेको ११ औँ दिनमा आज बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

छाउनीस्थित सैनिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई महराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको सहप्रवक्ता कालिप्रसाद रोकायले जानकारी दिए । रोकायका अनुसार उनको शल्यक्रियाको योजना आइतबारबाट मात्रै अघि बढ्नेछ ।

बेत्रावतीस्थित आफ्नै घरबाट उद्धार गरिएको उनको घुँडामा चोट लागेको थियो । सुगरको रोगी उनको घाउमा संक्रमण फैलिएपछि घुँडाको संक्रमण गर्नुपर्ने भएको हो । उनमा शरीरको तापक्रम अत्यधिक बढ्ने हाइपरथरमिया पनि देखापरेको थियो ।