Logo

पीएम कपमा एपीएफको अपराजित यात्रा कायमै, गण्डकी ५२ रनले पराजित



काठमाडौं,१२ पुस । २ खेल अगावै शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कपमा लगातार छैटौं जित निकालेको छ ।

छैटौं जित निकाल्नेक्रममा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पाखा लगायो । एपीएफले दिएको १२८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटिएपछि एपीएफले ५२ रनको जित हात पारेको हो ।

गण्डकीका लागि श्रृष्टि जैसी र सुमन खतिवडाले समान १७ रन जोड । त्यस्तै ज्योत्सना मरासिनीले १३ रन जोडेको खेलमा सिर्जना पौडेलले ११ रन थपिन् । बलिङतर्फ एपीएफकी नेरी थापाले ४ तथा सुमन खड्काले २ विकेट लिइन् । ६ खेल खेलेको गण्डकी २ अंकसहित प्रतियोगीताको सातौ स्थानमा रहँदा जितविहीन रहेको कर्णाली आठौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्