काठमाडौं । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ आयोजना हुने भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवले काठमाडौंका मूर्त तथा अमूर्त सम्पदा र ओझेलमा परेका कथालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने बताइन् ।
उनले काठमाडौंलाई कथाको सहरका रूपमा परिचित गराउँदै चलचित्र क्षेत्रलाई समुदाय, शिक्षा र प्राविधिक उद्योगसँग जोडेर विकास गर्न महानगरले पहल गरिरहेको बताइन् ।
कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत अन्तर्राष्ट्रिय व्यक्तित्व सहभागी हुनेछन् ।
महोत्सवमा विभिन्न देशका चलचित्रका साथै ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष रूपमा प्रदर्शन गरिनेछ । आयोजकका अनुसार महोत्सवमा प्रदर्शन हुने सबै चलचित्र निःशुल्क हेर्न पाइनेछ ।




प्रतिक्रिया