Logo

लोकतन्त्रको विकल्प लोकतन्त्रनै हो, अर्को कुनै हुनसक्दैनः सभापति देउवा



काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएको बताएका छन् । आज (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भएपनि त्यो सफल हुन नसक्ने बताए ।

लोकन्त्रका पक्षमा सबै दल र नेताहरु एक रहेको उनको भनाइ छ । व्यवस्थाको रक्षाका लागि सबै दल एक हुने पनि उनले प्रतिवद्धता ब्यक्त गरे ।

‘अनेकौं किसिमका वहाना खोज्नेहरु, जुन लोकतान्त्रिक गणतन्त्र आएको छ त्यसको खिलाफमा वातावरण बनाउने प्रयास भएको छ ।’ उनले भने, ‘लोकतन्त्रकको विकल्प भनेको अझ यसलाई राम्रो बनाउने हो । गणतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने कुरा हो । यसमा हामी सबै एक हुनुपर्छ, एक छौं पनि ।’



प्रतिक्रिया दिनुहोस्