Logo

निरन्तरतासहितको गतिशीलताका लागि राजसंस्था अपरिहार्य छः प्रकाशचन्द्र लोहनी



काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको राष्ट्रिय एकता, भू–राजनीतिक परिवेश र राष्ट्रियता हितका लागि राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको यो १०/१२ वर्षको परिस्थिति हेर्दा राजसंस्था आवस्यक देखिएको बताएका हुन् । उनले आफूहरु राष्ट्रिय एकता, राष्ट्रिय हित, भू–राजनीतिक परिवेशमा नेपालको राष्ट्रियताको लागि आवस्यक छ भन्ने कन्भिन्स भएरनै राजसंस्थाको पक्षमा लागेको बताए । राजसंस्था शेरोमोनियल रुपमा रहनुपर्ने उनको भनाइ छ ।

साथै, अहिलेको संविधान संशोधन हुन आवस्यक रहेको उनले बताए । संविधानमा रहेका राम्रा पक्ष र प्रजातान्त्रिक स्प्रिटलाई संरक्षण गरी नेपालको आजको राजनीतिक परिवेशमा निरन्तरतासहितको गतिशीताको रुपमा राजसंस्थालाई संस्थागत गरिनु्पर्ने उनको भनाइ छ ।

‘यो संविधानमा संशोधन हुनुपर्छ । संविधानमा धेरै राम्रा कुराहरु पनि छन् । राम्रा कुराहरुलाई संरक्षण गर्नुपर्छ । यसको प्रजातान्त्रिक स्प्रिटलाई संरक्षण गर्नुपर्छ ।’ नेता लोहनीले भने, ‘यसमा रहेका प्रजातान्त्रिक मूल्य र मान्यतालाई संरक्षण गर्नुपर्छ । नेपालको आजको राजनीतिक परिवेशमा हाम्रो फिलोसफी निरन्तरतासहितको गतिशीलता हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot