Logo

न्याय परिषद् सदस्य श्रेष्ठलाई फिर्ता बोलाउने तयारी



काठमाडौं, २१ पुस । नेपाल बार एशोशियशनले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हिजो (शुक्रबार) बसेको बारको पदाधिकारी बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बारको सिफारिसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका श्रेष्ठले समन्वयनै नगरेको र कानुन व्यवसायीको अहित हुने काम गरेको आरोप छ । उनी २०७७ सालमा न्याय परिषद् सदस्य बनेका थिए ।

बारले गत विहीबार उनलाई छलफलका लागि बोलाएको थियो । तर, बारले बोलाएको छलफलमा समेत उनी अनुपस्थित भएपछि उक्त निर्णय गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot