Logo

न्यायाधीश पत्नी आरतीले किन गरिन् आत्मदाहको प्रयास ?



काठमाडौं, १ माघ । सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी न्यायाधीश पत्नी आरती गिरीले न्यायको अनुभूति नपाएको कारण उक्त बाटो अबलम्बन गर्न बाध्य भएको बताएकी छन् ।

जनचेतना समाज परिवर्तन नेपालले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘न्यायिक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले राज्यले बाँच्न नदिएको बताईन् । आरती निलम्बित न्यायाधीश भुवन गिरीकी श्रीमति हुन् ।

‘यो राज्यले बाँच्न दिँदैन । अदालतले मलाई न्याय दिँदैन म के गरुँ ? वर्षदिन भन्दा पनि धेरै भइसक्यो । मेरा सम्पुर्ण प्रमाण हुँदाहुँदै पनि न्यायधीश, न्यायमूर्ति जसले तपाईँ हामीलाई न्याय चलाउने न्यायमूर्तिबाट म बलात्कृत भएको छु,’– उनले भनिन् ।

निलम्बित न्यायाधीश गिरीलाई कानुनको कठघरामा उभ्याउनुभन्दा राजनीतिकरण, दवाब, प्रभाव र पहुँचका आधारमा संरक्षण गरिएको उनले बताईन् । न्यायाधीश गिरीलाई कांग्रेसकै केही नेताहरुले संरक्षण गरेको उनको आरोप छ ।

सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा निलम्बित न्यायाधीश गिरीले आफूलाई बन्धक बनाएर पटक–पटक बालात्कार गरेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot