Logo

देशभरका कुमाल समुदायले चितवनमा मनाए माघे सङ्क्राति



काठमाडौं, १ माघ । आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरु चितवनमा भेला भएर माघे सङ्क्राति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यक्रमको शुभारम्भ गर्दै सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताईन् । उनले महानगरपालिकाले कुमाल समुदायको संस्कार संस्कृति संरक्षणका लागि सहायोग गर्ने बताईन् । यही पुस २८ गतेबाट सुरु भएको कार्यक्रम आज प्रकृतिको पूजासँगै समापन हुँदैछ ।

कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे सङ्क्राति भन्छन् । आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले बताए ।

राप्ती र नारायणी नदीको सङ्गमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमाललाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्