Logo

आजपाको आम सम्पर्क मञ्चले काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली निकाल्ने



काठमाडौं, १४ माघ । आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले आगामी माघ २० गते काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । आम सम्पर्क मञ्चले विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली निकाल्न लागिएको जानकारी गराएको हो ।

‘भ्रष्टचारीलाई निरुत्साहित नगरी हाम्रो मागहरुको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरी भ्रष्टाचारीलाई खबरदारी गर्न यही माघ २० गते काठमाडौंमा बृहत मोटरसाईकल र्याली निकाल्ने निर्णय गरेका छौं,’– आम सम्पर्क मञ्चको भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भन्सार कानुनमा ४५ प्रतिशतसम्म पुरस्कारको व्यवस्था राखिएको र उक्त व्यवस्था लुटकारी रहेको भन्दै आजपाको आम सम्पर्क मञ्चले लामो समयदेखि संघर्ष गर्दै आएको छ । आजपाले तेस्रो भन्सार कानुनको विरुद्धमा तेस्रो चरणको आन्दोलन गर्दै आएको छ ।

मोटरसाईकल र्‍यालीको पूर्वतयारी स्वरुप आजपाले हिजो उपत्यकाका विभिन्न स्थानहरुमा भेटघाट एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot