Logo

एपीएफको धारिलो बलिङसामू निरीह बन्यो सुदूरपश्चिम, १६ ओभरमा अलआउट हुँदै दियो ८८ रनको सामान्य लक्ष्य



काठमाडौं,१६ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपीएफलाई सुदूरपश्चिम प्रदेशले ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको सुदूर १६.२ ओभरमा ८७ रनमै अलआउट भयो । सुदूरका लागि नारायण जोशीले ३१ र खडग बोहराले २४ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

नरेन साउद, दिपक चन्द, भोजराज भट्ट र टेक रावत शून्य रनमै आउट हुँदा कप्तान राजु रिजाल र नरेन भट्ट समान १ रनमा आउट भए । मिलन बोहराले ८ रन थपेको खेलमा किरण ठगुन्ना र शेर मल्लले समान ५ रन जोडे ।

सुदूरलाई सामान्य स्कोरमा रोक्न एपीएफका चन्दन रा एक्लैले ५ विकेट लिए ।उनले ७ ओभर बलिङ गर्दा ५१ रन खर्चिए भने भुवन कार्कीले तीन र कप्तान रोहित पौडेलले २ विकेट लिए । एपीएफ ७ खेलबाट ४ मा जित र ३ मा हार सहित ८ अंकसहित पाँचौ स्थानमा रहँदा समन अंक भएपनि सुदूर छंटौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot