Logo

सिमसार क्षेत्र जैविक र पर्यावरणीय हिसाबले मूल्यवान छ, यसको संरक्षण सबैको दायित्व हो : मन्त्री महतो



काठमाडौं, १९ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सिमसार गतिशिल, विविधतायुक्त र उर्वर पारिस्थिकीय प्रणाली भएको भन्दै यसलाई अझै गतिशिल बनाउनुपर्नेमा जोड दिएका छन् । वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज (शुक्रबार) आयोजना गरेको राष्ट्रिय सिमसार गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

मन्त्री महतोले भने,‘सिमसार जैविक, पर्यावरणीय र आर्थिक हिसाबले पनि मूल्यवान प्राकृतिक प्रणालीको अंश हो । यसले दुर्लभ र विभिन्न प्रजातिका जीवजन्त तथा वनस्पतिहरुलाई वासस्थान प्रदान गरेको छ। सिमसारले पानीको स्रोत संरक्षण गर्नुको साथै यसको बहाव र गुणस्तर कायम गरिरहेको छ।’

उनले सिमसार क्षेत्रको समुचित संरक्षण, व्यवस्थापन र दिगो उपयोग गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले अहिले सोतर्फ कदम चालेको पनि विश्वास दिलाए । Photo By: Rukesh Sah



प्रतिक्रिया दिनुहोस्

Screenshot