Logo

तत्कालीन सरकारको संलग्नतामा भएको मदन भण्डारी हत्या प्रकरण छानविन गरे पत्ता लाग्छः महेश बस्नेत



काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले मदन भण्डारी हत्या प्रकरण छानविन भए हत्यारा पत्ता लाग्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले साम्राज्यवादी शक्ति र त्यतिबेलाको सरकारको संलग्नतामा उक्त घटना भएको दाबी गरे । मदन भण्डारी हत्या प्रकरणबारे गिरिजाबाबुका तत्कालीन सल्लाहकार उमेशजी (उनले थर बताएनन्) को बयानलाई आधार मानेर छानविन गरे हत्यारा पत्ता लाग्ने बताएका हुन् ।

‘मदन भण्डारीको हत्यारा पत्ता लाग्छ नै । सवाल के हो भन्दा विभिन्नखाले साम्राज्यवादी शक्ति र त्यतिखेरका सत्ताको संलग्नता भएको हुनाले यो विषय जटिल छ । गिरिजा प्रसाद कोइरालाको नामसमेत मुछेर तत्कालीन गिरिजा प्रसाद कोइरालाका सल्लाहकार उमेशजीले जुन कुरा उजागार गर्नुभएको छ । त्यो विषय पत्ता लाग्छ । यस्ता षड्यन्त्रपूर्ण घटनाहरु उमेशजीले दिएको बयानका आधारमा छानविन गर्दा पत्ता लाग्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot