Logo

सौभाग्य पाल्कीले मनायो प्रथम वार्षिकोत्सव (फोटोफिचर)



काठमाडौं, २१ माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य बाई पाल्कीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले वार्षिकोत्सव मनाएको हो । आजदेखि सुरु भएको वार्षिकोत्सव साताव्यापी रुपमा आगामी माघ २९ गतेसम्म मनाइने छ ।

वार्षिकोत्सव कार्यक्रममा चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख अतिथि रहेकी थिईन् । आगामी माघ २३ गते चर्चित नायिका करिश्मा मानन्धर प्रमुख अतिथि रहने बताइएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले आफ्ना ग्राहकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै साताव्यापी वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सार्वजनिक रुपमै अपिल गरेको छ ।

महिलाका पहिरनका सबैखाले सामाग्री पाउने यो बुटिक समाजसेवीसमेत रहेकी प्रतिष्ठित व्यवसायी मीना राणाको हो । मीनासँगै यो बुटिकमा एलिजा ज्ञवाली राणा र शर्मिला रेग्मी अधिकारीको लगानी छ । सौभाग्य नक्शालको टंगालमा रहेको पाल्कीको आउटलेट हो ।

कार्यक्रममा प्रमुख अतिथि निरौलाले महिला दिदी बहिनीहरुले आफ्नै लगानीमा महिलाहरुकै लागि व्यवसाय सुरु गरेको एक वर्ष पुरा भएको भन्दै खुसी ब्यक्त गरिन् । आफू पनि यो टिममा जोडिन पाएकोमा खुसी लागेको उनले बताईन् । प्रथम वार्षिकोत्सवमा सौभाग्यले आफूलाई जोडिने अवसर प्रदान गरेको भन्दै उनले खुसी व्यक्त गरिन् । उनले सौभाग्यमा जोडिन र भिजिट गर्न सबै महिला दिदी बहिनीहरुलाई आग्रह गरिन् । Photo By: Dinesh Chaudhary/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्