Logo

राजन दाहालको आरोप, ‘सभामुख घिमिरेले संसद्मा एमालेको कारिन्दाको भूमिका निर्वाह गर्नुभयो’



काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले सभामुख देवराज घिमिरेले संसद्मा एमालेको कारिन्दाको रुपमा भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभामुख घिमिरेले संसद्मा निश्पक्ष व्यबहार नगरेको आरोप लगाएका हुन् ।

‘सरकारको तर्फबाट २२ वटा विधेयक त संसद्मा छन् । सम्माननिय सभामुखले डिल गर्ने होईन ? संसद्को कमाण्डर सभामुख हो । सभामुख उहाँहरुसँग सम्बन्धित हुनुहुन्छ । उहाँले एमालेको कारिन्दाको भूमिका निर्वाह गर्नुहुन्छ । उहाँ एमालेसँग सम्बन्धित भएर सबै काम गर्न दिने, अरु सत्ता साझेदार दलका सांसद् बोले भनेपनि बोल्न नदिने, उहाँको निश्पक्ष भूमिका चाहीँ पटक्कै छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot