Logo

रास्वपा सांसद श्रेष्ठले आफूलाई भविष्यको प्रधानमन्त्री दाबी गरेपछि….



काठमाडौं, २४ माघ । प्रतिनिधि सभामा सम्पत्ति सुद्धीकरण निवारण विधेयकमाथि छलफल चलिरहेको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठलाई छलफलमा भाग लिन उपसभामुख इन्दिरा रानाले समय दिईन् । तीन मिनेटमात्रै समय पाएका सांसद श्रेष्ठले उक्त विधेयकको १९ नम्बर दफामा आपत्ति जनाए ।

सरकारले लागनी सम्मेलन गर्ने भनेर चर्को स्वरमा कुरा गरिरहेको भएपनि त्यतातिर कुनै ध्यान नदिएको उनले बताए । लागनीमैत्री वातावरण नभएका कारण लगानीकर्ताहरु नेपालबाट भागिरहेको उनको दाबी छ । युवाहरुलाई आकर्षित गरेर यही बस्ने वातावरण बनाउन विधेयकले कुनै सहयोग नगर्ने उनको दाबी छ । उनले सुशासनको पक्षमा उक्त विधेकय झनै बाधक रहेको समेत टिप्पणी गरे ।

उक्त विधेकले अन्तराष्ट्रिय समुदायलाई विश्वासमा लिन नसक्ने बताउँदै थिए । यत्तिबेलै उपसभामुख रानाले समय सकिएको जनाकारी गराईन् । लगत्तै उनले पूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीलाई मात्रै नभएर भविष्यका प्रधानमन्त्रीलाई पनि समय मिलाउन आग्रह गरे । ‘सभामुख महोदय, भूतपूर्व र वर्तमान प्रधानमन्त्रीलाई मात्रै होईन । भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि समय चाहीँ मिलाउन पर्यो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot