Logo

पूर्वराजा ज्ञानेन्द्रको पाउमा दुर्गा प्रसाईँ नेतृत्वको अभियानको विन्तीपत्र…



काठमाडौं, २४ माघ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दनको निम्तो दिएको छ ।

हिजो (मंगलबार) काठमाडौं उपत्यका संयोजक राजेन्द्र लाखाले निर्मल निवासमा पुगेर निम्ता दिएका हुन् । प्रसाईँले फागुन १ गतेदेखि अर्को आन्दोलनको उद्घोष गरेका छन् । पत्रमा फागुन १ गते खुल्लामञ्चमा पूर्वराजा शाहलाई अभिनन्दन गर्न चाहेको उल्लेख छ ।

‘सरकारको दर्शन पाउन र अभिनन्दन चढाउन पाउमा यो निवेदन बिसाउँदै छु सरकार। अभिनन्दन बिन्ती काठमाडौँको खुला मञ्चमा यही फागुन १ गते ११ बजे चढाउने अनुमति बक्सिन सेवक बिन्ती जाहेर गर्दछु। प्रभु, जो हुकुम सरकार,’Þ– पत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot