Logo

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं,२८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगका भेटमा नेपालले समसामयीक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् ।

नेपालले प्रधानमन्त्री प्रचण्डसङ्ग रौतहटको गौर-चन्द्रपुर सडक स्तरोन्नतिका लागि पर्याप्त बजेट सुनिश्चितता गर्ने विषयमा पनि छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको सो सडक विस्तारमा सरकारले पर्याप्त बजेट नदिएको नेपालको गुनासो रहँदै आएको छ ।

त्यसैबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उनी बालुवाटार पुगेका हुन् । बहुवर्षीय योजनामा काम गर्नेगरी उक्त सडकका लागि ५ अर्ब बजेट सुनिश्चित गर्नुपर्ने माग अध्यक्ष नेपालको रहँदै आएको छ । तर, आगामी बजेटको तयारी चलिरहँदा सो सडकका लागि ३ अर्ब मात्र सुनिश्चित गर्ने बुझेपछि उनी बालुवाट छिरेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot