Logo

स्वतन्त्र निर्वाचित सांसद सिंह जसपा प्रवेश



काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् ।

उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा प्रवेश गराएका पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्