Logo

विजुली र पानी निःशुल्क गर्न आजपा नगर कमिटीले बुझायो ज्ञापनपत्र



काठमाडौं, २९ माघ । आम जनता पार्टीको नगर कमिटीले नगरवासीलाई विजुली र पानी निःशुल्क गर्न माग गर्दै रौतहट फतुवा विजयपुर नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । आजपाका मेयर प्रत्यासीसमेत रहेका केन्द्रीय कमिटी सदस्य विजय यादवको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको हो ।

यादवले नगरपालिकामा हुने भागबण्डा अन्त्यको लागि पनि आफूहरुले माग गरेको सुनाए । यादव नेतृत्वको ज्ञापनपत्र भने सो नगरपालिकाका कार्यवाहक मेयर अम्ब्या खाँतूनले बुझेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot