Logo

ललिता निवास जग्गा प्रकरणः विशेषमा सुनुवाइ सकियो, फैसला भोलिमात्रै



काठमाडौं, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ अधिकारी र जग्गा धनीविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ ।

उक्त मुद्दामा आज नै फैसला सुनाउने भनिएपनि समय अपुग भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दाको फैसला भोलि (बिहीबार) सुनाउने तयारी रहेको छ ।

उक्त मुद्दामा गच्छदार १० लाख धरौटीमा तारेखमा छन् । उनीहरु विरुद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot