Logo

ललिता निवास प्रकरण: विशेषको फैसलाप्रति गृहमन्त्री श्रेष्ठ प्रफुल्लित



काठमाडौं,४ फागुन । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतको फैसलाप्रति उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुसी व्यक्त गरेका छन् ।

बिहीबार विशेष अदालतको फैसला सार्वजनिक भएपछि खुसी व्यक्त गर्दै गृहमन्त्री श्रेष्ठले सबैलाई धन्यवादसमेत दिएका छन् । विशेष अदालतको यो फैसलालाई गृहमन्त्री श्रेष्ठले ऐतिहासिक भनेका छन् । ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्, जालसाज, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रियाविरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो । विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद ।’

विशेष अदालतले बिहीबार विशिष्ट व्यक्तिहरू जोडिएको ललिता निवास जग्गा प्रकरणको फैसला सुनाएको थियो ।

अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले १७५ जना जोडिएको भ्रष्टाचार मुद्दामा जग्गा जफत गर्ने निर्णयसहित बढीमा प्रतिव्यक्ति दुई वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना ठहर गरेको हो।



प्रतिक्रिया दिनुहोस्