Logo

देशको अर्थतन्त्र आन्तरिक उत्पादन, रोजगारी र खपतको हिसाबले कमजोर भयोः पूर्वगभर्नर क्षेत्री



काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले देशको अर्थतन्त्र आन्तरिक उत्पादन, रोजगारी र खपतको हिसाबले कमजोर रहेको बताएका छन् ।

आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको अर्थतन्त्र आन्तरिक उत्पादन, रोजगारी र खपतको हिसाबले कमजोर भएपनि बाह्य क्षेत्र विदेशी मुद्रा खर्च गर्ने, आर्जन गर्ने कुरामा भने अलिकति सुधार भएको बताएका हुन् ।

साथै, अहिले बैंकहरुका बारेमा विभिन्न नकारात्मक समाचार आएपनि डरलाग्दो अवस्थामा नपुगेको उनले बताए । पूर्व गभर्नर क्षेत्रीले केही सतर्क रहन पर्ने अवस्था भएपनि बैंकहरु डुम्दैछन् भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।

राज्यले आफ्नो आनिबानीमा सुधार गरेर र विचार पुर्याएर खर्च गरेमा देशको अर्थतन्त्र खतरामा नपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot