Logo

गठबन्धन तोड्न माओवादी तयार भएको होईनः जनार्दन शर्मा



काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले वर्तमान सत्ता गठबन्धन तोड्ने आफूहरुको चाहना नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा कोशी प्रदेशका बारेमा केही छलफल भएको बताए । समग्र रुपमा अरु प्रदेश र केन्द्रीय सत्ता गठबन्धनमा कांग्रेससँगका सम्बन्ध नबिग्रिएको र सहमतिअनुसार अहिलेको गठबन्धन पूरै अवधि अगाडि बढ्ने उनको दाबी छ ।

‘कांग्रेससँगका गठबन्धन तोड्न म तयार छैन । …केन्द्रीय समितिमा सरकारले गरेका महत्वपूर्ण कामहरु के–के हुन् ? सुशासनको क्षेत्रमा के हो ? समृद्धिको क्षेत्रमा के हो ? सामाजिक न्यायको क्षेत्रमा के हो ? भन्ने कुराहरु त गर्यो ।’ उनले भने, ‘तर, अहिले गठबन्धन के गर्ने भन्ने कुरा अहिले गठबन्धन चलिरहेको छ । अगाडि बढिरहेको छ । यही गठबन्धन छ, अहिले यो गठबन्धनको विकल्प छैन । सहमतिअनुसार रहन पर्यो । आफ्नो–आफ्नो ठाउँमा सबै इमानदार हुनुपर्यो । अध्यक्ष कमरेडले पूर्वको सन्दर्भमा त्यहाँ अलि असहज भयो भन्नुभएको थियो । १ नम्बर प्रदेशको सन्दर्भमा भनेको कुरा हो । समग्रमा उहाँले भनेको कुरा होईन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot