Logo

रासस वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता



काठमाडौँ, ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठानद्वारा आज आयोजित प्रतियोगितामा ओमप्रकाश बोहोरा नेतृत्वको टोली प्रथम भएको छ । प्रथम हुने टोलीमा शशिधर अधिकारी र सन्तोष अरङ्गह्वा थारु थिए ।

प्रतियोगितामा भीष्मराज ओझा नेतृत्वको टोली दोस्रो भएको थियो । उक्त टोलीमा कालिका खड्का र अशोक घिमिरे सहभागी थिए । प्रतियोगितामा विजयी टोलीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार प्रदान गरे । राससले सोमबार ६३ औँ वार्षिकोत्सव मनाउँदै छ ।

वार्षिकोत्सवको अवसर पारेर अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतिभा प्रस्फुटन, हाँडी फुटाउने, म्युजिक चेयर, स्वास्थ्यसम्बन्धी अन्तक्र्रियालगायत कार्यक्रम गरिएको थियो । वार्षिकोत्सवको अवसर पारेर वर्षेनि विभिन्न कार्यक्रम हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot