कास्कीमा पहिरो, दुईजना गम्भीर घाइते

File photo


कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदार गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार आज बिहान करिब ११ बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुईजना घाइते भएका हुन् । 

घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उनले जानकारी दिए । 

घटनालगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएको जनाउँदै दुवै जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ । रासस