Logo

आजदेखि पाँच सिफ्टमा ईपीएस भाषा परीक्षा



काठमाडौं, फागुन ७। रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो ।

यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन हुन लागेको हो । ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot