Logo

सरकारले त्रिविको उपकूलपतिमा असक्षम व्यक्ति नियुक्त गर्न लागेको ओलीको आरोप



काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा असक्षम व्यक्तिलाई नियुक्त गर्न लागेको आरोप लगाएका छन् । आज (सोमबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले त्रिविको उपकूलपतिमा असक्षम व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको बताएका हुन् ।

अध्यक्ष ओलीले सरकारले तेस्रो नम्बरमा रहेको व्यक्तिलाई प्राथमिकतामा राखेर नियुक्त गर्न लागेको समेत टिप्पणी गरे । सरकारले उपकूलपतिमा गलत व्यक्तिहरुलाई सिफारिस गरेको उनको दाबी छ ।

सिफारिस समितिले त्रिविको उपकूलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot