Logo

इतिहासकै कमजोर कांग्रेससँग गठबन्धन गरेर एमालेले सरकार बनाउँदैनः डा.राजन भट्टराई



काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकारमा जाने सम्भावना नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एक्लै उभिन पनि नसक्ने कांग्रेससँग गठबन्धन गरेर सरकार नबनाउने बताएका हुन् ।

कांग्रेस अहिले इतिहासकै कमजोर बनेको उनको दाबी छ । एक्लै चुनाव लड्न सकिन्छ कि सकिँदैन ? एक्लै चुनाव लड्न हुन्छ कि हु्ँदैन भनेर छलफल गरिरहेको पार्टीसँग आफूहरु नमिल्ने बताएका हुन् । निर्वाचनमा एक्लै जाने हैसियत छैन भन्ने कांग्रेसको निश्कर्ष रहेको उनको भनाइ छ ।

‘त्यो सम्भावना त्यति बलियो म देख्दिन । किन भने नेपाली कांग्रेस यती कमजोर भइसकेको छ, ऊ आफू एक्ले उभिन सक्छ कि सक्दैन ? देशको सबैभन्दा धेरै सिट संख्या भएको दल हो । रियालिटी त्यो हो ।’ उनले भने, ‘आत्मबल, नीति, जनविश्वासको हिसाबले कांग्रेस एक ठाउँमा उभिन सक्छ ? भन्दाखेरी सक्दैन । कांग्रेसभित्र अहिले एक्लै कांग्रेस चुनाव लड्न सक्छ कि सक्दैन ? एक्लै लड्न हुन्छ कि हुँदैन ? एक्लै लड्ने निर्णय गर्दा कतै कांग्रेस खत्तमै हुन्छ कि ? यो तहका नेपाली कांग्रेस कमजोर अवस्थामा पुगेको छ ।’

कमजोर अवस्थामा पुगेको कांग्रेसले राष्ट्र, राष्ट्रियताका मुद्दा, जनजीविका सावाल, अहिले भइरहेका भ्रष्टाचारका काण्डहरुमा आफ्नो पोजिसन स्पष्ट राखेर भ्रष्टाचारको विपक्षमा आफूलाई उभ्याउँछ भन्ने कुराको विश्वास एमाले र जनतालाई नै नरहेको उनले बताए । यस्तो अवस्थामा कांग्रेससँग गठबन्धन गरेर सरकार बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने र सरकारमा नजाने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot