Logo

राजीनामा माग्ने कांग्रेस सांसद खतिवडालाई पर्यटनमन्त्री किराँतीको आक्षेप : कायरले घडी लुकाउँछ



काठमाडौं, १४ फागुन । संसद्मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो राजीनामा मागेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले तुच्छ जवाफ फर्काएका छन् ।

सांसद खतिवडाले पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएपछि मन्त्री किरातीले जवाफ फर्काएका हुन् । मन्त्री किरातीले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको बचाउ गर्दै बहादुरले लकरमा बन्दुक लुकाउँछ भनेका थिए । खतिवडालाई भने उनले घडी लुकाएको भन्दै व्यंग्य कसेका छन् ।

सुदन किराँतीले क्लिकमाण्डुसँगको कुराकानीमा खतिवडालाई लक्षित गरेर यसो भनेका छन्–‘बहादुर मान्छेले बैंकको लकरभित्र गोली लुकाउँछन्, कायर र लाछीले घडी लुकाउँछ । घडी लुकाउने मान्छे आज बोलेछन्, तीप्रति मलाई दया जागेको छ ।’ यो विषय आज (सोमबार) को प्रतिनिधिसभाको बैकठमा समेत उठेको छ । एमाले सांसद गोकुल बाँस्कोटाले किरातीले गर्वका साथ बहादुरले बैंकको लकरमा गोली लुकाउँछन् भनेर भन्नु गलत भएको टिप्पणी गरे ।

खतिवडाले हिजो (आइतबार) को प्रतिनिधिसभा बैठककमा बोल्दै मन्त्री किराती नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाएका थिए । उनले भनेका थिए–‘निगम ४८ अरब भन्दा धेरै ऋणमा डुबेको छ । आफूसँग भएको विमान नचलाउने अनि भाडामा लिने यो प्रवृत्तिले कहाँ पुर्‍याउने हो रु, खतिवडाले भने, ‘मन्त्री नयाँ विमान भन्दै हुनुहुन्छ । झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएको छ ।’

यतिमात्रै होईन, खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरेका थिए । किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी थियो । file photo



प्रतिक्रिया दिनुहोस्